ग्लोबल


इरान: आन्दोलनमा सहभागी यी युवकलाई आज मृत्युदण्ड दिइने आशंका

इरान: आन्दोलनमा सहभागी यी युवकलाई आज मृत्युदण्ड दिइने आशंका

इरफान सोल्टानी, जसलाई आन्दोलनमा सहभागी भएको आरोपमा आज इरानले मृत्युदण्ड दिने आशंका छ।


नेपालखबर
पुस ३०, २०८२ बुधबार १४:५२, काठमाडौँ

इरानमा जारी विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका २६ वर्षका एक युवकलाई आज त्यहाँको सरकारले मृत्युदण्ड दिन लागेको आफन्तले बताएका छन्। 

एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार इरान सरकारले इरफान सोल्टानी नामका युवकलाई आज (बुधबार) मृत्युदण्ड दिने सम्भावना छ।

२६ वर्षीय सोल्टानीलाई इरानको राजधानी तेहराननजिकै भएको विरोध प्रदर्शनमा भाग लिएबापत त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

एक आफन्तका अनुसार सोल्टानीलाई गत बिहीबार पक्राउ गरिएको थियो, जुन दिन इरानमा विरोध प्रदर्शन चरम सीमामा पुगेको थियो।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि ती युवकलाई मृत्युदण्ड दिइयो भने आफ्नो मुलुकले इरानविरुद्ध ‘कडा कारबाही’ गर्ने चेतावनी दिएका छन्। 

बीबीसी सम्बद्ध सीबीएस न्युजसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरूले मृत्युदण्ड दिए भने तपाईंले केही चिज देख्नुहुनेछ... यदि उनीहरूले त्यसो गरे भने हामी धेरै कडा कारबाही गर्नेछौँ।’

देशमा बढेको महँगी र बिग्रँदो आर्थिक अवस्थाको विरोधमा इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। 

जारी प्रदर्शनमा १२ हजार जनासम्म मारिएको आशंकाका समाचार आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad