ग्लोबल


ट्रम्पले ग्रिनल्यान्ड कब्जाको योजना बनाउन आदेश दिएपछि...

ट्रम्पले ग्रिनल्यान्ड कब्जाको योजना बनाउन आदेश दिएपछि...

नेपालखबर
पुस २७, २०८२ आइतबार २१:३५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने योजना बनाउन आदेश दिएका छन्।

डेली मेलका अनुसार ट्रम्पले यो जिम्मेवारी ज्वइन्ट स्पेसल अपरेसन कमान्ड (जेएसओसी) लाई दिएका छन्। तर सैन्य अधिकारीहरू यो विचारसँग असहमत छन्, उनीहरूले यसलाई कानुनी रूपमा गलत ठानेका छन्।

रिपोर्टमा भनिएको छ, ‘ट्रम्पको यो चासो घरेलु राजनीतिसँग पनि जोडिएको हुन सक्छ। यस वर्षको अन्त्यमा मध्यावधि चुनाव हुनेवाला छ र रिपब्लिकन संसद्‌को नियन्त्रण गुम्ने डरमा छ। त्यसैले ट्रम्प ठुलो कदम चालेर नागरिकको ध्यान आर्थिक समस्याबाट मोड्न चाहन्छन्।’

एक कूटनीतिक स्रोतले डेली मेलसँग भनेको छ, ‘जनरलहरूलाई ट्रम्पको ग्रिनल्यान्ड योजना बेतुक र गैरकानुनी छ भन्ने लागेको छ। उनीहरू भन्छन्- राष्ट्रपतिको जिद्दी ५ वर्षको बच्चाको जस्तै हो।’

अमेरिकाले ग्रिनल्यान्डमा हमला गर्‍यो भने यसले नेटोमा गम्भीर संकट सिर्जना गर्न सक्छ। साथै युरोपेली नेताहरूसँग प्रत्यक्ष टकराव निम्त्याउन सक्छ, जसले गर्दा नेटो गठबन्धन भंगको संघारमा पुग्न सक्छ।

रिपोर्टमा भनिएको छ, ‘ट्रम्प नेटो समाप्त पार्न चाहन्छन् भने यो सबैभन्दा सजिलो तरिका हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad