देशमा जारी विरोध प्रदर्शनका बिच इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले रुस भाग्ने योजना बनाएको दाबी गरिएको छ।
प्रदर्शन रोक्न सकिएन भने खामेनीले देश छाड्ने रिपोर्ट सार्वजनिक भएको हो।
बेलायती पत्रिका 'द टाइम्स'ले प्राप्त गरेको गुप्तचर रिपोर्टमा यो दाबी गरिएको छ।
रिपोर्टअनुसार, ८६ वर्षीय खामेनीले आफ्ना छोरा र उत्तराधिकारी मोज्तबासहित करिब २० जनाको सानो टोलीका साथ तेहरान छाड्न सक्छन्।
इरानमा आठ दिनदेखि खामेनीविरुद्ध प्रदर्शन जारी छ।
मानव अधिकारकर्मीहरूका अनुसार अहिलेसम्म ७८ सहरका २२२ भन्दा बढी स्थानमा प्रदर्शन भएका छन्।
जसमा अहिलेसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १ हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको छ।
बढ्दो महँगी र बिग्रिँदो आर्थिक अवस्थाविरुद्ध त्यहाँका नागरिक सडकमा उत्रिएका हुन्। यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भइरहेका छन्।
Shares

प्रतिक्रिया