ग्लोबल


भेनेजुएलाको राष्ट्रपति भवननजिकै गोली चल्यो

भेनेजुएलाको राष्ट्रपति भवननजिकै गोली चल्यो

भेनेजुएलाको राष्ट्रपति भवन मिराफ्लोरेस प्यालेस (फाइल फोटो)


नेपालखबर
पुस २२, २०८२ मंगलबार ११:२७, काठमाडौँ

भेनेजुएलाको राष्ट्रपति भवननजिकै गोली चलेको छ। 

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार राति अबेर भेनेजुएलाको राष्ट्रपति भवननजिकै गोली चलेको हो। 

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा गोली चलेको बताएका छन् भने सरकारनिकट स्रोतले स्थिति नियन्त्रणमा रहेको बताएको छ।

स्रोतका अनुसार राजधानी काराकासको मध्य भागमा रहेको मिराफ्लोरेस दरबारमाथि अज्ञात ड्रोनहरू उडिरहेको देखिएको छ, जसले गर्दा स्थानीय समयअनुसार राति ८ बजेतिर सुरक्षा बलले जवाफी फायरिङ गरेका थिए।

उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिका रूपमा शपथ खाएको केही घण्टापछि यो घटना भएको हो। 

भेनेजुएलाको राष्ट्रपति भवनलाई आधिकारिक रूपमा मिराफ्लोरेस प्यालेस भनेर चिनिन्छ। 

भेनेजुएलाको राष्ट्रपतिको मुख्य कार्यालय राजधानी काराकासमा छ। 

यही जनवरी ३ का दिन अमेरिकी सेनाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिका लगेको छ। त्यसलगत्तै त्यहाँको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न आदेश दिएको हो। 

हाल मदुरो दम्पती न्युयोर्कस्थित हिरासतमा छन्। सोमबार मात्र उनीहरूलाई त्यहाँको अदालत उपस्थित गराइएको थियो। 

त्यस क्रममा मदुरोले आफूले कुनै अपराध नगरेको बयान दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad