ग्लोबल


अमेरिकाले ‘भेनेजुएलाका राष्ट्रपति पक्रेको’प्रति रुसको आपत्ति

अमेरिकाले ‘भेनेजुएलाका राष्ट्रपति पक्रेको’प्रति रुसको आपत्ति

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन (फाइल फोटो)


नेपालखबर
पुस १९, २०८२ शनिबार २०:४९, काठमाडौँ

रुसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई अमेरिकाले ‘नियन्त्रणमा लिएको’प्रति चिन्ता प्रकट गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार हवाई हमलाका क्रममा भेनेजुएलाका राष्ट्रपति मादुरोको दम्पतीलाई नै गिरफ्तार गरिएको दाबी गरेपछि रुसले प्रतिक्रिया दिएको हो। 

रुसकोही  विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘आजको अमेरिकी आक्रमणका क्रममा भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीलाई जबरजस्ती देशबाट बाहिर निकालिएको रिपोर्टबाट हामी गहिरो चिन्तामा परेका छौँ।’

‘यदि यो कुरा सत्य साबित भयो भने कुनै मुलुकको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हुनेछ।’

क्युबाले पनि आक्रमणको निन्दा गरेको छ। 

अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले भने मादुरो दम्पतीविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्। 

उता भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाको आक्रमणपछि राष्ट्रपति मादुरोको दम्पतीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण मागेकी छन्।

उनले भनेकी छन्, ‘भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।’

अमेरिकी अधिकारीहरूले भने सीबीएस न्युजसँग राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको बताएका छन्।

अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad