ग्लोबल


बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘नाजुक’

छोरा तारिक रहमानले देशवासीलाई गरे आमाका लागि प्रार्थना गर्न अनुरोध
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘नाजुक’

खालिदा जियाको फाइल फोटो


नेपालखबर
पुस १३, २०८२ आइतबार १४:४३, काठमाडौँ

उपचाररत बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्थाबारे अध्यावधिक जानकारी आएको छ।

बीबीसी बंगलाका अनुसार, उनको मेडिकल टोलीका सदस्य तथा पार्टीको स्थायी समितिका सदस्य एजेडएम जाहिद हुसेनले खालिदा जियाको अवस्था ‘नाजुक’ रहेको बताएका छन्।

उनले शनिबार राति ११:३० बजे अस्पतालअगाडि आयोजित पत्रकार सम्मेलन गरी खालिदाको स्वास्थ्यबारे जानकारी दिएका हुन्।

त्यसको केही घण्टापछि आइतबार बिहान बीएनपी मिडिया सेलले एजेडएम जाहिद हुसेनलाई उद्धृत गर्दै भनेको छ, ‘बेगम खालिदा जियालाई नजिकबाट निगरानीमा राखिएको छ। बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमानले देशवासीहरूलाई आफ्नी आमाका लागि प्रार्थना गर्न अनुरोध गरेका छन्।’

यसअघि तारिक रहमान र उनकी श्रीमती जुबैदा रहमानले आइतबार राति ९:३० बजे (स्थानीय समय) पछि अस्पतालमा खालिदा जियालाई भेटेका थिए र लगभग दुई घण्टा त्यहाँ बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad