ग्लोबल


बंगलादेशमा भड्कियो हिंसा, धर्मको अपमान गरेको आरोपमा युवकको हत्या

बंगलादेशमा भड्कियो हिंसा, धर्मको अपमान गरेको आरोपमा युवकको हत्या

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १८:२३, काठमाडौँ

शेख हसिनाका विरोधी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ।

यसैबीच धर्मको अपमान गरेको आरोपमा ढाका नजिकैको भालुकामा एक हिन्दु युवकलाई कुटीकुटी मारिएको छ।

बीबीसी बङ्गलाको रिपोर्टअनुसार, युवकको शवलाई नाङ्गो पारेर रुखमा झुण्ड्याएर आगो लगाइएको थियो।

मृतकको नाम दिपु चन्द्र दास भएको खुलेको छ। प्रहरीले बिहीबार राति भालुकामा उनको हत्या भएको जनाएको छ। घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा मानिसहरूले 'अल्लाह हु अकबर' नारा लगाइरहेको देखिन्छ।

बिहीबार राति अबेर प्रदर्शनकारीहरूले देशका सबैभन्दा ठूला अखबार डेली स्टार र प्रथम आलोको कार्यालयमा तोडफोड र आगजनी पनि गरेका छन्।

यसैगरी बंगलादेशका पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानको निवास र पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा पनि आगो लगाइएको छ।

उस्मान हादी जुलाई २०२४ मा तत्कालीन शेख हसिना सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए।

यही डिसेम्बर १२ मा चुनावी प्रचारका क्रममा उनको टाउकोमा गोली हानिएको थियो। राम्रो उपचारका लागि सिंगापुर लगिए पनि बिहीबार उनको मृत्यु भएको थियो।

त्यसलगत्तै बंगलादेशमा हिंसा फैलिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad