ग्लोबल


दिल्ली एमसीडीका १२ वडामा भएका उपचुनावमा भाजपालाई भयो २ सिट घाटा

दिल्ली एमसीडीका १२ वडामा भएका उपचुनावमा भाजपालाई भयो २ सिट घाटा

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १४:१२, काठमाडौँ

भारतको दिल्ली नगर निगम (एमसीडी) का १२ वटा वडामा भएका उपचुनावमा भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी ७ सिट जितेको छ। तर यसअघि ९ वटा वडा जितेको भाजपालाई यसपटक २ सिट घाटा भएको छ। 

यसपछि आम आदमी पार्टीले तीन तथा कंग्रेस र अल इन्डिया फरवार्ड ब्लकले एक-एकवटा वडामा विजय हासिले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आम आदमी पार्टी दिल्लीका अध्यक्ष सौरभ भारद्वाजले अशोक विहारमा मत चोरी भएको आरोप लगाएका छन्।

एमसीडीका १२ वटा वडाका लागि गत नोभेम्बर ३० मा मतदान भएको थियो भने यसको नतिजा आजै (बुधबार) बिहान आएको हो। 

उपचुनावमा २६ महिलासहित ५१ उम्मेदवार प्रतिस्पर्धामा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad