ग्लोबल


अमेरिकाले रोक्यो विदेशीलाई शरण दिनेसम्बन्धी सबै निर्णय

अमेरिकाले रोक्यो विदेशीलाई शरण दिनेसम्बन्धी सबै निर्णय

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ९:५१, काठमाडौँ

वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा रोक लगाएको छ।

अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्। 

उनले लेखेका छन्, ‘प्रत्येक विदेशी नागरिकले बढीभन्दा बढी जाँच र स्क्रिनिङ गरेको छ भनेर सुनिश्चित नभएसम्म यो रोक कायम रहनेछ।’

उनले अगाडि लेखेका छन्, ‘अमेरिकी जनताको सुरक्षा सधैँ पहिलो हुन्छ।’

बुधबार ह्वाइट हाउसनजिकै दुईजना नेसनल गार्डलाई गोली हानिएको थियो।

गोली लागेर गम्भीर घाइते भएका दुई गार्डमध्ये एकजनाको मृत्युसमेत भइसकेको छ। अर्कोको अवस्था पनि गम्भीर छ। 

गोली हानेको आरोपमा त्यही बेला घाइते अवस्थामा अफगान नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिकिएको छ। 

घटनापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसहित १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad