ग्लोबल


ह्वाइट हाउसनजिकै गोली चलेपछि ट्रम्प : अफगानिस्तानबाट आएका विदेशीको पुनः जाँच गर्नुपर्छ

ह्वाइट हाउसनजिकै गोली चलेपछि ट्रम्प : अफगानिस्तानबाट आएका विदेशीको पुनः जाँच गर्नुपर्छ

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १०:२९, काठमाडौँ

बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिक गोली चलेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेका अफगानीहरूको पुन: जाँच गर्न निर्देशन दिएका छन्। 

बुधबार दिउँसो वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिक एक व्यक्तिले २ जना नेसनल गार्डलाई गोली हानेका थिए। उनीहरूको अवस्था गम्भीर छ। 

गोली चलाउने व्यक्ति अफगानी नागरिक रहमानउल्लाह लकनवाल रहेको कानुन प्रवर्तन स्रोतलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएको छ। ती अफगानी सन् २०२१ मा अमेरिका पुगेका थिए। 

उक्त घटनापछि राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अब बाइडेन प्रशासनको समयमा अफगानिस्तानबाट देशमा प्रवेश गर्ने प्रत्येक विदेशीको पुन: जाँच गर्नु आवश्यक छ।’

उनले अगाडि भनेका छन्, ‘यहाँ बस्न पाउने अधिकार नभएका वा देशलाई कुनै फाइदा नपुऱ्याउने प्रत्येक विदेशीलाई देशबाट हटाउन हामीले सबै आवश्यक कदम चाल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad