ग्लोबल


दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु

दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ६:५४, काठमाडौँ

दसौँपटक बिहारको मुख्यमन्त्री बनेपछि नितिश कुमारले आफ्नो प्रदेशलाई देशको सबैभन्दा विकसित राज्यमध्ये एक बनाउने वाचा गरेका छन्।

उनले भनेका छन्, 'मैले पटनाको ऐतिहासिक गान्धी मैदानमा बिहारको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएँ। यस विशेष अवसरमा बिहारका जनतालाई मेरो अभिवादन, हार्दिक कृतज्ञता र धन्यवाद।'

उनले शपथ ग्रहण समारोहमा उपस्थित भएकामा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, विभिन्न राज्यका मुख्यमन्त्रीहरू र केन्द्रीय मन्त्रीहरूप्रति कृतज्ञता व्यक्त गरे।

उनले भनेका छन्, 'बिहारको सर्वांगीण विकासको संकल्पका साथ, राज्यको एनडीए सरकारले केन्द्रीय सरकारको समर्थनमा पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछ।'

'मलाई विश्वास छ-  बिहारका जनताको समर्थन र आशीर्वादले हामी बिहारलाई देशको सबैभन्दा विकसित राज्यहरूमध्ये एक बनाउनेछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad