समाज


कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ६:५७, काठमाडौँ

आज पनि देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। 

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। 

कोसी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad