बिहारमा आज नयाँ सरकारले शपथ लिने कार्यक्रम भइरहेको छ।

एनडीएका तर्फबाट नितिश कुमार आज दसौँपटक बिहारको मुख्यमन्त्री बन्दै छन्।

शपथ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसहित ११ राज्यका मुख्यमन्त्रीहरूलाई निम्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले बुधबार नयाँ सरकार गठनका लागि राज्यपालसमक्ष दाबी पेस गरेका थिए।
हालै सम्पन्न बिहार विधानसभामा उनको पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेको थियो।
योससमेत उनी दसौँपटक बिहारको मुख्यमन्त्री पदमा रहने भएका हुन्।
यस्तो छ उनको मुख्यमन्त्री यात्रा:
सन् २००० - केवल सात दिनका लागि पहिलो मुख्यमन्त्री
सन् २००५ - दोस्रोपटक सत्तामा फर्किए
सन् २०१० - तेस्रो शपथ ग्रहण
सन् २०१५ (फेब्रुअरी) - जितन राम माझीको राजीनामापछि चौथोपटक
सन् २०१५ (नोभेम्बर) - महागठबन्धन सरकारको मुख्यमन्त्री बने
सन् २०१७ - महागठबन्धन टुटेपछि फेरि एनडीएमा फर्किंदै छैटौँपटक मुख्यमन्त्री
सन् २०२० - सातौँपटक शपथ ग्रहण
सन् २०२२ - फेरि महागठबन्धनसँग सरकार गठन र आठौँ पटक मुख्यमन्त्री
सन् २०२४ - नवौँपटक एनडीएमा फर्किए र मुख्यमन्त्री बने
सन् २०२५ - आज एनडीएबाटै १०औँ पटक मुख्यमन्त्री बन्दै
Shares

प्रतिक्रिया