ग्लोबल


आज दसौँपटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै नितिश कुमार

आज दसौँपटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै नितिश कुमार

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ८:४६, काठमाडौँ

जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले आज १०औँ पटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै छन्।

हालै सम्पन्न बिहार विधानसभामा आफ्नो पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेपछि नितिशले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए। 

त्यसअघि उनी एनडीए विधायक दलको नेता चयन भएका थिए। 

बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह आज पटनाको गान्धी मैदानमा आयोजना हुनेछ।

जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत पनि सहभागी हुनेछन्।

हालै सम्पन्न चुनावमा एनडीएले बिहारका २४३ विधानसभा सिटमध्ये २०२ स्थानमा जित हासिल गरेको छ।

जसमध्ये एनडीएका घटकहरू भाजपाले ८९ सिट जित्यो भने नितिश कुमारको जनता दल (युनाइटेड) ले ८५ सिट जितेको छ।

यस्तै चिराग पासवानको लोक जनशक्ति (आर) १९ सिट जितेर एनडीएमा तेस्रो र बिहारमा चौथो ठूलो दल बनेको छ। हिन्दुस्तानी अवम मोर्चाले ५ र राष्ट्रिय लोक मोर्चाले ४ सिट जितेका छन्। 

विपक्षी महागठबन्धले भने केवल ३५ सिट जित्यो। बाँकी सिट अन्यले जिते। 

दसौँपटक मुख्यमन्त्री बन्दै नितिश

यसबीच राजनीतिक उतारचढाव र गठबन्धन परिवर्तन भए पनि बिहारको राजनीतिमा नितिश कुमारको प्रभाव निरन्तर छ।

आज शपथ लिएपछि उनी दसौँपटक बिहारको मुख्यमन्त्री बन्नेछन्। 

यस्तो छ उनको मुख्यमन्त्री यात्रा:

सन् २००० - केवल सात दिनका लागि पहिलो मुख्यमन्त्री

सन् २००५ - दोस्रोपटक सत्तामा फर्किए

सन् २०१० - तेस्रो शपथ ग्रहण

सन् २०१५ (फेब्रुअरी) - जितन राम माझीको राजीनामापछि चौथोपटक

सन् २०१५ (नोभेम्बर) - महागठबन्धन सरकारको मुख्यमन्त्री बने

सन् २०१७ - महागठबन्धन टुटेपछि फेरि एनडीएमा फर्किंदै छैटौँपटक मुख्यमन्त्री

सन् २०२० - सातौँपटक शपथ ग्रहण

सन् २०२२ - फेरि महागठबन्धनसँग सरकार गठन र आठौँ पटक मुख्यमन्त्री

सन् २०२४ - नवौँपटक एनडीएमा फर्किए र मुख्यमन्त्री बने

सन् २०२५ - आज एनडीएबाटै १०औँ पटक मुख्यमन्त्री बन्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad