ग्लोबल


'बिहारमा एनडीएभित्र मन्त्री पद बाँडफाँट, नितिश कुमार मुख्यमन्त्री'

'बिहारमा एनडीएभित्र मन्त्री पद बाँडफाँट, नितिश कुमार मुख्यमन्त्री'

भारतका केन्द्रीय मन्त्री जितनराम माझी


नेपालखबर
मंसिर २, २०८२ मंगलबार १५:१८, काठमाडौँ

भारतका केन्द्रीय मन्त्री तथा हिन्दुस्तानी आवाम मोर्चा (धर्मनिरपेक्ष) का प्रमुख जितनराम माझीले बिहारमा एनडीएभित्र मन्त्री पद बाँडफाँटमा सहमति भएको र नितिश कुमार मुख्यमन्त्री हुने बताएका छन्।

माझीले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, 'सबै कुरा तय भइसकेको छ। आपसमा छलफल भएको छ। भाजपाले ८९ सिट जितेको छ र जेडीयूले ८४ (८५) सिट जितेको छ; मन्त्री पद पनि त्यही अनुपातमा बाँडफाँट गरिएको छ। नितिश कुमारजी मुख्यमन्त्री बन्नुहुन्छ।'

उनले सरकार गठन गर्न एनडीएको संयुक्त बैठक नोभेम्बर १९ मा बस्ने सम्भावना रहेको बताए। यस बैठकमा एनडीएको नेता चयन हुनेछ।

जितनराम माझीले नयाँ सरकारको शपथ समारोह नोभेम्बर २० मा हुने बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण समारोहका लागि समयसीमा पनि तोकेका छन्।

बिहार विधानसभा चुनावमा एनडीएले राज्यका २४३ सिटमध्ये २०२ सिट जितेको छ। महागठबन्धनले केवल ३५ सिट जितेको छ।

बिहारमा एनडीएका घटक दलहरू भारतीय जनता पार्टी, जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा (धर्मनिरपेक्ष) र राष्ट्रिय लोक मोर्चा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad