ग्लोबल


शेख हसिनाविरुद्ध फाँसीको फैसला भएपछि बंगलादेशमा विरोध सुरु

शेख हसिनाविरुद्ध फाँसीको फैसला भएपछि बंगलादेशमा विरोध सुरु

नेपालखबर
मंसिर २, २०८२ मंगलबार ४:५२, काठमाडौँ

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध फाँसीको फैसला भएपछि बंगलादेशको राजधानी ढाकामा विरोध प्रदर्शन भइरहेको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न ग्रेनेड र लाठी प्रयोग गरेको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।

गत वर्ष जुलाई-अगस्टमा विद्यार्थी विद्रोहमा १ हजार ४०० मानिस मारिने गरी बल प्रयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री हसिनाविरुद्ध फाँसीको सजाय सुनाइएको हो।

उनीसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।

बंगलादेशमा सन् २०२४ अगस्ट ५ का दिन विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिना १५ वर्षे लामो शासन सत्ता त्याग्दै हेलिकप्टर चढेर देशबाटै भागेकी थिइन्। त्यसयता उनी भारको शरणमा छिन्।  

कमल पनि भारतमै रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad