भारतीय राज्य बिहारमा भर्खरै सम्पन्न विधानसभा चुनावमा राष्ट्रिय जनता दल (आरजेडी) को लज्जास्पद हारपछि पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले राजनीति छाडेको घोषणा गरेकी छन्।
पार्टीको हारको जिम्मेवारी लिने भन्दै उनले लालु परिवारसँगको सम्बन्धसमेत तोडेको बताएकी छन्।
सामाजिक सञ्जालमा रोहिणीले लेखेकी छन्, ‘म राजनीति छाड्दै छु र परिवार त्याग्दै छु। सञ्जय यादव र रमिजले मलाई यसो गर्न भनेका हुन्। सबै दोष म लिन्छु।’
I’m quitting politics and I’m disowning my family …
रोहिणीले लगाएको उक्त आरोपका विषयमा अहिलेसम्म आरजेडी वा सञ्जय यादवबाट कुनै प्रतिक्रिया आएको छैन।

उल्लेखनीय छ- बिहार विधानसभा चुनावको केही समयअघि मात्र लालु यादवले आफ्ना जेठो छोरा तेज प्रतापलाई पार्टी र परिवार दुवैबाट निष्कासन गरेका थिए।
यसपछि उनले जनशक्ति जनता दल गठन गर्दै महुआ विधानसभा सिटमा चुनाव लडे, तर हारे मात्र होइन, तेस्रो स्थानमा झरे।
चुनावमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले २०२ सिट जित्दा कंग्रेस नेतृत्वको महागठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) भने ३४ सिटमा सीमित भएका छन्। अन्य दलले ७ सिट जितेका छन्।
रोहिणी आचार्य गत वर्ष सारण लोकसभा सिटमा चुनाव लडेकी थिइन् तर भाजपा नेता राजीव प्रताप रुडीसँग हारेकी थिइन्।
Shares

प्रतिक्रिया