ग्लोबल


बिहार चुनावको मतगणना आजदेखि

बिहार चुनावको मतगणना आजदेखि

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ५:४६, काठमाडौँ

भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज (शुक्रबार) सुरु हुँदै छ।

राज्यका ३८ जिल्लाका ४६ मतगणना केन्द्रमा आज बिहान ८ बजेदेखि मत गन्न थालिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यसका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। अधिकारीहरूले मतगणनाका कारण शुक्रबार पटनाका सबै विद्यालय बन्द रहने बताएका छन्।

२४३ सिट भएको विधानसभाको मतदान नोभेम्बर ६ र ११ मा दुई चरणमा गरिएका थिए।

जसमा ६७.१३ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन अहिलेसम्मकै उच्च मतदान भएको बताइएको छ।

भारतको निर्वाचन आयोगले सबै २४३ विधानसभा निर्वाचन क्षेत्रमा गणनाका लागि तयारी पूरा भएको जनाएको छ।

मतगणना २४३ जना निर्वाचन अधिकारी र समान संख्यामा पर्यवेक्षकको उपस्थितिमा हुनेछ। साथै उम्मेदवार र उनीहरूका प्रतिनिधि पनि उपस्थित हुनेछन्। मतगणनाका लागि कुल ४ हजार ३७२ टेबल स्थापना गरिएका छन्।

चुनावी नतिजाले बिहारमा एनडीए सरकार फेरि सत्तामा आउने वा महागठबन्धन भन्ने कुरा निर्धारण गर्नेछ।

चुनावी नतिजाले राज्यको अर्को मुख्यमन्त्री को बन्ने भन्ने पनि निश्चित गर्नेछ।

बिहार चुनावमा मुख्य प्रतिस्पर्धा जनता दल-युनाइटेडका नेता तथा मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा रहेको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र आरजेडीका तेजस्वी यादवको नेतृत्वमा रहेको विपक्षी महागठबन्धनबीच छ।

यसपटक प्रशान्त किशोरको जन सुरज पार्टी (जेएसपी) को उपस्थितिले धेरै सिटमा चुनावी नतिजालाई असर पार्न सक्छ।

चुनावी नतिजाले युनाइटेडका प्रमुख तथा सबैभन्दा लामो समयदेखि मुख्यमन्त्री रहेका नितिश कुमारलाई लगातार पाँचौँ कार्यकाल दिनेछ वा परिवर्तन गराउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad