ग्लोबल


बंगलादेशमा चुनावकै दिन जनमत संग्रह गर्ने घोषणा

बंगलादेशमा चुनावकै दिन जनमत संग्रह गर्ने घोषणा

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुस।


नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १५:५०, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकारले आगामी संसदीय चुनावकै दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ।

सरकार प्रमुख प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलन पछि तयार पारिएको 'जुलाई बडापत्र' कार्यान्वयन गर्न यो जनमत संग्रह गर्न लागिएको उनको भनाइ छ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले संसदीय चुनाव फेब्रुअरीमा हुने र जनमत संग्रह सोही दिन हुने बताए।

जनमत संग्रहको उद्देश्य के हो?

उनले जनमत संग्रहका लागि मतपत्रसँगै मतदाताहरूलाई 'हो' र 'होइन' मा चार प्रश्नको जवाफ दिन आग्रह गरिने बताए।

बहुमत मतदाताले 'हो' मा मतदान गरे संविधान संशोधन गर्न बंगलादेशमा संवैधानिक सुधार परिषद् गठन गरिनेछ।

'जुलाई बडापत्र' को उद्देश्य देशको राजनीतिक र संस्थागत संरचना सुधार गर्नु रहेको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, बंगलादेशका अधिकांश राजनीतिक दलले अक्टोबरमा बडापत्रमा हस्ताक्षर गरेका थिए, तर गत वर्षको आन्दोलनका नेता र चार वामपन्थी दल मिलेर गठन गरिएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले यसलाई बहिष्कार गर्‍यो।

एनसीपीले बडापत्रमा गरिएका वाचा कार्यान्वयन गर्न कानुनी रूपरेखा वा आवश्यक ग्यारेन्टीको अभाव रहेको तर्क गरेेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad