मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामलाई एक जना मातेका व्यक्तिले आपत्तिजक हरकत गर्ने प्रयास गरेका छन्।
यो घटना राजधानी मेक्सिको सिटीको ऐतिहासिक सहरमा यही नोभेम्बर ४ मा (मंगलबार) भएको हो।
राष्ट्रपति सेनबाम सडकमा जनतासँग अन्तर्क्रिया गरिरहेका बेला एकजना मातेका व्यक्तिले उनलाई छोए र चुम्बन गर्ने प्रयास गरे।
यद्यपि राष्ट्रपतिका अंगरक्षकहरूले तुरुन्तै ती व्यक्तिलाई गलहत्याए। घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उक्त घटनाले मेक्सिकोका राष्ट्रपति सेनबामको सुरक्षामा चिन्ता बढाएको छ।
सामाजिक सञ्जालमा भाइरल भिडिओमा मादक पदार्थ खाएका देखिने व्यक्ति राष्ट्रपति सेनबाम नागरिकहरूसँग कुरा गरिरहेको बेला पछाडिबाट नजिकै आउँछन्। अनि उनलाई समात्छन् र चुम्बन गर्ने प्रयास गर्छन्।
धेरै बेरसम्म कुनै पनि सुरक्षाकर्मीले हस्तक्षेप गरेनन्, जसले गर्दा त्यो व्यक्ति उनको नजिक पुग्यो। त्यसपछि एक सुरक्षा गार्डले हस्तक्षेप गरेर त्यो व्यक्तिलाई ताने।
ती व्यक्तिलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
महिला मन्त्रालयकी प्रमुख सिटलाली हर्नान्डेजले घटनाको निन्दा गर्दै भनिन्, ‘हामी राष्ट्रपतिविरुद्धको यो कार्यको कडा शब्दमा निन्दा गर्छौं। यसले समाजमा व्याप्त महिलाप्रतिको दुर्व्यवहारलाई सामान्य ठान्ने सोच देखाउँछ।’
संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार, मेक्सिकोमा १५ वर्षभन्दा माथिका लगभग ७० प्रतिशत महिलाले जीवनमा कम्तीमा एकपटक यौन दुर्व्यवहार भोग्छन्। यो घटनाले त्यहाँ महिला सुरक्षा र लैंगिक समानताबारे जारी बहसलाई फेरि एकपटक जगाएको छ।
राष्ट्रपतिलाई दुर्व्यवहारको भिडिओ:
BREAKING: Man tries to kiss, touch Mexico President Claudia Sheinbaum during public greeting. pic.twitter.com/JE1T1tC49R
— Insider Paper (@TheInsiderPaper) November 4, 2025
Shares

प्रतिक्रिया