ग्लोबल


तालिबान सरकारका विदेशमन्त्री आइपुगे भारत

तालिबान सरकारका विदेशमन्त्री आइपुगे भारत

नेपालखबर
असोज २३, २०८२ बिहिबार ११:४७, काठमाडौँ

अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्तकी बिहीबार भारत आइपुगेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

उनले एक्समा लेखेका छन्, ‘अफगान विदेशमन्त्री अमिर खान मुत्तकीलाई नयाँ दिल्लीमा स्वागत छ। हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्न तत्पर छौँ।’

सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यो उसको सरकारको पहिलो भारत भ्रमण हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अक्टोबर ३ मै संयुक्त राष्ट्र सुरक्षा परिषद् समितिले मुत्ताकीलाई भारत भ्रमण गर्न अनुमति दिएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad