ग्लोबल


थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनविरुद्धको राजद्रोह मुद्दा खारेज

दोषी ठहरिएका भए हुन सक्थ्यो १५ वर्षसम्मको जेल सजाय
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनविरुद्धको राजद्रोह मुद्दा खारेज

पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा आफ्नी छोरी तथा निलम्बित प्रधानमन्त्री पाटोङटार्न शिनावात्रासँग।


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १३:४९, काठमाडौँ

थाइल्यान्डको अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राविरुद्धको शाही अपमान र राजद्रोहको मुद्दा खारेज गरेको छ।

यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित छ। उनी दोषी ठहरिएका भए १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो।

अन्तर्वार्तामा उनले थाइल्यान्डको शीर्ष शाही सल्लाहकार निकाय प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका छन्।

उक्त विद्रोहले उनकी बहिनी यिङलक शिनावात्राको सरकार ढाल्यो।

थाइल्यान्डको लेसे-मजेस्टे कानुनले राजतन्त्रको आलोचना वा अपमान गर्नुलाई अपराध ठान्छ। 

तर आलोचकहरू यो कानुन प्रायः कार्यकर्ता र राजनीतिक विरोधीहरूलाई मात्र लाग्ने गरेको टिप्पणी गर्छन्।

अदालतको यो निर्णय थाक्सिनकी छोरी एवं निलम्बित प्रधानमन्त्री पाटोङटार्न शिनावात्रा पनि कानुनी कारबाहीको सामना गरिरहेका बेला आएको हो। यस मुद्दामा उनलाई पदबाट हटाउन सकिन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad