ग्लोबल


ट्रम्प र जेलेन्स्की भेट गर्न लागेका बेला मोदीलाई पुटिनको फोन

ट्रम्प र जेलेन्स्की भेट गर्न लागेका बेला मोदीलाई पुटिनको फोन

फाइल तस्बिर : भ्लादिमिर पुटिन र नरेन्द्र मोदी


नेपालखबर
भदौ २, २०८२ सोमबार २०:१, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। 

प्रधानमन्त्री मोदीले पुटिनले आफूलाई फोन गरी हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्काको एन्कोरेजमा भएको भेटबारे जानकारि गराएको बताएका हुन्। 

‘मेरा साथी राष्ट्रपति पुटिनलाई फोन गर्नुभएकामा र अलास्कामा राष्ट्रपति ट्रम्पसँगको हालैको भेटवार्ताबारे आफ्ना विचार साझा गर्नुभएकामामा धन्यवाद’, मोदीले एक्समा लेखेका छन्, ‘भारतले सधैँ युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधान चाहेको छ र यस दिशामा हुने हरेक प्रयासलाई समर्थन गर्छ। आगामी दिनमा हामीबीच कुराकानी जारी रहने अपेक्षा गरिएको छ।’

गत शुक्रबार युक्रेन युद्धका विषयमा ट्रम्प र पुटिनबीच अलास्कामा ३ घण्टा भेटवार्ता भएको थियो। तर ठोस सहमति केही भएन। 

आज फेरि ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसमा भेट्दै छन्। यहीबीच पुटिनले मोदीलाई फोन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad