उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई 'बिनसर्त समर्थन' दिने बताएका छन्।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग छलफलका क्रममा किम जोङ-उनले उनलाई 'युक्रेनी संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदम'लाई समर्थन गर्ने बताएका हुन्।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभ अहिले उत्तर कोरियाको भ्रमणमा छन्।
पश्चिमी अधिकारीहरूले उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा रुसलाई मद्दत गर्न ११ हजार सेना पठाएको दाबी गरेका छन्।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच युद्ध जारी छ।
यसैबीच रुसका विदेशमन्त्री सर्गेई लाभरोभले टेलिग्राममा भिडिओ पोस्ट गरेका छन्।
जसमा लाभरोभले किम जोङ-उनलाई हात मिलाउँदै र अँगालो हालेको देखिन्छ।
Shares

प्रतिक्रिया