ग्लोबल


मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोप्रति चीनको आपत्ति

मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोप्रति चीनको आपत्ति

फाइल तस्बिर: चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
असार २४, २०८२ मंगलबार ६:३४, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनले आपत्ति जनाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार भनेका छन्, ‘तिब्बतसँग सम्बन्धित मुद्दामा चीन सरकारको अडान दृढ र स्पष्ट छ। १४औँ दलाई लामा राजनीतिक रूपमा निर्वासित व्यक्ति हुन्, जो लामो समयदेखि चीनविरुद्ध गतिविधिमा संलग्न छन्, जो धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न चाहन्छन्।’

माओ निङले भारतले तिब्बतसँग सम्बन्धित मुद्दाको संवेदनशीलतामा सचेत हुनुपनर्ने बताउँदै १४औँ दलाई लामाको चीनविरोधी र पृथकतावादी प्रकृति स्पष्ट रूपमा देख्नुपर्ने उल्लेख गरेका छन्। 

माओ निङले अगाडि भनेका छन्, ‘भारतले तिब्बतसँग सम्बन्धित मुद्दामा चीनसँग गरेका प्रतिबद्धताको सम्मान गर्नुपर्छ र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न यी मुद्दाको प्रयोग बन्द गर्नुपर्छ।’

भारतका प्रधानमन्त्री मोदीले जुलाई ६ मा १४औँ दलाई लामालाई उनको ९०औँ जन्मदिनको शुभकामना दिएका थिए।

केन्द्रीय मन्त्री किरेन रिजिजुसहित धेरै नेताले धर्मशालामा उनको जन्मदिन समारोहमा भाग पनि लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad