ग्लोबल


जुलाई २ देखि लगातार पाँच देशको भ्रमण गर्दै मोदी

जुलाई २ देखि लगातार पाँच देशको भ्रमण गर्दै मोदी

नेपालखबर
असार १७, २०८२ मंगलबार ८:८, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ देखि पाँच देशको भ्रमण गर्ने भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार आठदिने भ्रमणमा उनले घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको भ्रमण गर्ने भएका हुन्।

भ्रमणका क्रममा उनले ब्राजिलमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनेछन्। मोदीले आफ्नो कार्यकालमा चौथोपटक ब्राजिलको भ्रमण गर्न लागेका हुन्। 

जुलाई २ मा सुरु हुने भ्रमणमा उनी पहिलोपटक घाना पुग्दै छन्। 

भारतका प्रधानमन्त्रीले ३० वर्षपछि घानाको भ्रमण गर्न लागेका हुन्। 

प्रधानमन्त्री मोदीले त्यहाँ घानाका राष्ट्रपतिसँग भेट गर्दै दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्धबारे छलफल गर्ने छन्। 

आफ्नो भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदी नामिबिया पुग्नेछन्। 

यो प्रधानमन्त्री मोदीको नामिबियाको पहिलो भ्रमण र नामिबियाका राष्ट्रपति नेतुम्बो नन्दीको भारतसँगको पहिलो द्विपक्षीय वार्ता हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad