ग्लोबल


विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी


नेपालखबर
जेठ २९, २०८२ बिहिबार २०:४१, काठमाडौँ

भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री एवं भाजपा परिवारका वरिष्ठ सदस्य विजय रुपाणीको निधन भएको छ। 

भाजपा सांसद संबित पात्राले सामाजिक सञ्जाल एक्समार्फत विजय रुपाणीको निधनमा शोक व्यक्त गरेका छन्।

उनले लेखेका छन्, 'अहमदाबादमा भएको दुर्भाग्यपूर्ण विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री तथा भाजपा परिवारका वरिष्ठ सदस्य विजय रुपाणीजीको दु:खद मृत्युको खबर अत्यन्तै पीडादायी र हृदयविदारक छ। उनको निधन गुजरातका लागि मात्र नभई सम्पूर्ण भारतीय राजनीतिको लागि अपूरणीय क्षति हो।'

भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ नजिकै बिहीबार दिउँसो १:३८ बजेतिर खसेको हो। 

उक्त  हवाईजहाजमा चालक दलका १२ जना सदस्यसहित २४२ जना सवार थिए। अहिलेसम्म दुर्घटनास्थलमा २०४ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad