ग्लोबल


गोली लागेको कानमा पट्टी बाँधेर पार्टीको राष्ट्रिय सम्मेलनमा ट्रम्प

गोली लागेको कानमा पट्टी बाँधेर पार्टीको राष्ट्रिय सम्मेलनमा ट्रम्प

नेपालखबर
साउन १, २०८१ मंगलबार ९:१६, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्ध भएको गोली प्रहारपछि पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको कानमा पट्टी बाँधिएको थियो।

उनको दाहिने कानमा ठूलो ब्यान्डेज थियो, जहाँ गोली लागेको थियो।

रिपब्लिकनबाट उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनीसँगै देबे्रतर्फ उपस्थित थिए। पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए। उनका छोराहरू एरिक र डोनाल्ड जूनियर पनि उनीसँगै थिए। परिवारका अन्य सदस्यहरू पनि सँगै उभिरहेका थिए।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै देखिएका थिए। बीचमा ताली बजाउँदै थिए। ट्रम्पलाई भ्यान्स र डोनाल्ड्सतर्फ फर्केर भाषणहरूमा टिप्पणी गरेको देखियो।

शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित रिपब्लिकन पार्टीको र्‍यालीमा भाषण दिइरहेका बेला ट्रम्पलाई गोली हानिएको थियो। गोली ट्रम्पको दाहिने कानलाई छोएर गएको थियो।

ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक म्याथ्यु थोमस क्रुक्सलाई सुरक्षाकर्मीले तत्काल गोली हानेर मारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad