ad ad

ग्लोबल


फ्रान्समा आम चुनावः अति दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना

नेसनल र्‍याली पार्टी समर्थकमा उत्साह
फ्रान्समा आम चुनावः अति दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना

नेपालखबर
असार १७, २०८१ सोमबार १७:८, काठमाडौँ

फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीले ३३.१४ प्रतिशत मतका साथ ठूलो अग्रता लिएको छ।

आइतबार भएको निर्वाचनमा देखिएको अग्रताले नेसनल र्‍याली पार्टीका समर्थकमा खुसीको लहर छाएको छ।

बीबीसीका अनुसार अब आगामी आइतबार दोस्रो चरणको मतदान हुँदै छ। पहिलो मतदानको अवस्था हेर्दा फ्रान्समा अति दक्षिणपन्थी सरकार गठन हुने सम्भावना पनि देखिन्छ।

यसैबचि केही राजनीतिकर्मीले अति दक्षिणपन्थी उम्मेदवारलाई सत्तामा आउनबाट रोक्न मतदाताहरूलाई रणनीतिक मतदान प्रयोग गर्न आह्वान गरिरहेका छन्।

तर दोस्रो चरणको मतदानपछि कुनै एक दलले स्पष्ट बहुमत ल्याउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन।

यसअघि फ्रान्सको राष्ट्रिय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टीले जित हासिल गरेको थिएन।

नेसनल र्‍याली पार्टीका नेता मारिन ले पेन र जोर्डन बर्डेला फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा २८९ सिटसहित बहुमत ल्याउन चाहन्छन्।

फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी गठबन्धन २१ प्रतिशत मतका साथ तेस्रो स्थानमा आएको छ।

दोस्रो स्थानमा रहेको अति वामपन्थी नयाँ पपुलर फ्रन्टले करिब २८ प्रतिशत मत प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .