ad ad

ग्लोबल


बोलिभियामा ‘कु’को प्रयास, पूर्वसेनाप्रमुख पक्राउ

बोलिभियामा ‘कु’को प्रयास, पूर्वसेनाप्रमुख पक्राउ

नेपालखबर
असार १३, २०८१ बिहिबार ९:१८, काठमाडौँ

दक्षिण अमेरिकी मुलुक बोलिभियामा  ‘कु’को प्रयास असफल भएको छ। 

राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा पूर्वसेनाप्रमुखको नेतृत्वमा सेनाले घेराउ गरेको केही घण्टापछि त्यसको नेतृत्व गरिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। 

सरकारका मुख्य कार्यालय रहेको मुरिलो चोकमा हतियारसहितका गाडी र सेनासमेत तयारी अवस्थामा राखिएका थिए। अहिले त्यहाँबाट सेना फिर्ता हुन थालेको छ।  

बीबीसीका अनुसार विद्रोही सैनिक मिलिटरी इन्चार्ज जनरल जुआन जोस जुनिगाले आफूले प्रजातन्त्रको पुनसंरचना गर्न चाहेको बताएका थिए। उनी अहिले पक्राउ परेका छन्।

राष्ट्रपति लुइस आर्कले ‘कु’ प्रयासको भर्त्सना गरेका छन्। उनले जनतालाई प्रजातन्त्रका पक्षमा संगठित भएर परिचालन हुन आह्वान गरेका छन्। 

‘बोलिभियन जनजीवनलाई फेरि एकपटक ‘कु’ हुन हामी अनुमति दिन सक्दैनौं”, उनले टेलिभिजनमार्फत भनेका छन्। उनले राष्ट्रपति भवन भित्रैबाट टेलिभिजनबाट सन्देश दिएहेका थिए। 

उनले एक दिनअघि मात्रै जुनिगालाई सेना प्रमुखबाट हटाएका थिए।

बोलिभियामा भएको ‘कु’को प्रयासलाई उसका छिमेकीदेखि समग्र अन्तराष्ट्रिय निकायले निन्दा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .