ad ad

ग्लोबल


दुवै क्षेत्रबाट विजयी सांसद राहुल गान्धीले वायनाड सिट छाड्ने संकेत

दुवै क्षेत्रबाट विजयी सांसद राहुल गान्धीले वायनाड सिट छाड्ने संकेत

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १०:२९, काठमाडौँ

भारतीय लोकसभा निर्वाचनमा दुवै सिटबाट विजयी कंग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन्।

केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै निर्वाचन क्षेत्रबाट विजयी उनलाई यी दुईमध्ये कुनमा सांसद कायम रहुँ भन्ने निर्णय गर्न गाह्रो भएको हो। 

बुधबार वायनाड भ्रमणका क्रममा गान्धीले संसद्‌मा कुन क्षेत्रको प्रतिनिधित्व गर्ने भनेर आफूमा भएको दोधार सुनाए। 

यस क्रममा उनले भने, ‘म जे निर्णय गर्छु, त्यसले वायनाड र रायबरेली दुवैका जनतालाई खुसी बनाउनेछ।’

राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूका लागि आयोजित धन्यवाद कार्यक्रममा आफ्नो दुविधाबारे बताएनन्। तर उनले वायनाडमा यसबारे चर्चा गरे।

राहुलले आफ्नो भाषणमा वायनाड सिट छाड्ने संकेत गरे। थिए। उनले भने, ‘तपाईंरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो। जसका लागि मेरा भावना व्यक्त गर्न पर्याप्त शब्द नै छैनन्। तपाईंको मायालाई जीवनभर सम्झिरहनेछु।’

राहुल रायबरेलीबाट ३ लाख ९० हजार र  वायनाडबाट राहुल ३ लाख ६४ हजार मतले विजयी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .