ad ad

ग्लोबल


मोदीले तोके मन्त्रीहरूको मन्त्रालय, कसले के पाए?

मोदीले तोके मन्त्रीहरूको मन्त्रालय, कसले के पाए?

नेपालखबर
जेठ २८, २०८१ सोमबार २०:२२, काठमाडौँ

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नवगठित मन्त्रिपरिषद्का मन्त्रीहरूको मन्त्रालय बाँडफाँड गरिएको छ।

भारत सरकारका चार महत्त्वपूर्ण विभागमा भने खासै परिवर्तन भएको छैन। अमित शाहलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राजनाथ सिंहले रक्षा मन्त्रालयकै जिम्मेवारी पाएका छन् भने विदेशमन्त्रीको जिम्मेवारी एस जयशंकरलाई नै दिइएको छ।

यस्तै वित्तमन्त्री निर्मला सीतारमण र सडक यातायात मन्त्री नितिन गडकरीलाई नै बनाइएको छ। 

हेर्नुहोस् सूची-

नरेन्द्र मोदी : प्रधानमन्त्री

राजनाथ सिंह: रक्षा

अमित शाह: गृह र सहयोग

नितिन गडकरी: सडक यातायात र राजमार्ग

जगत प्रकाश नड्डा: स्वास्थ्य, रसायन र उर्वरक

शिवराज सिंह चौहान: कृषि र ग्रामीण विकास

निर्मला सीतारमण: वित्त र कर्पोरेट मामिला

एस जयशंकर: विदेश

मनोहर लाल: आवास र सहरी मामिला र ऊर्जा

एचडी कुमारस्वामी: भारी उद्योग र इस्पात

पियुष गोयल: वाणिज्य र उद्योग

धर्मेन्द्र प्रधान: शिक्षा

जीतनराम मांझी: लघु, साना तथा मझौला उद्योग मन्त्रालय

राजीव रञ्जन सिंह उर्फ ​​ललन सिंह: पञ्चायती राज, मत्स्यपालन, पशुपालन र दुग्ध व्यवसाय

सर्वानन्द सोनोवाल: बन्दरगाह, ढुवानी र जलमार्ग

डा. वीरेन्द्र कुमार: सामाजिक न्याय र अधिकारिता

किंजरापु राममोहन नायडु: नागरिक उड्डयन

प्रल्हाद जोशी: उपभोक्ता मामिला, खाद्य, सार्वजनिक वितरण, नयाँ र नवीकरणीय ऊर्जा

जुआल ओराओं: आदिवासी मामिला

गिरिराज सिंह: कपडा

अश्विनी वैष्णव: रेलवे, सूचना र प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि

ज्योतिरादित्य सिंधिया: सञ्चार, उत्तर-पूर्व विकास

भूपेन्द्र यादव: वातावरण, वन र जलवायु परिवर्तन

गजेन्द्र सिंह शेखावत: संस्कृति र पर्यटन

अन्नपूर्ण देवी : महिला तथा बाल विकास

किरेन रिजिजु: संसदीय मामिला र अल्पसंख्यक मामिला

हरदीप सिंह पुरी: पेट्रोलियम र प्राकृतिक ग्यास

मनसुख मण्डवीय: श्रम तथा रोजगार, युवा तथा खेलकुद मामिला

जी किशन रेड्डी: कोइला र खनन

सीआर पाटिल: जल शक्ति

मोदीको नयाँ मन्त्रिपरिषद्‌मा अघिल्लो सरकारका धेरै मन्त्री छुटेका छन्। जसमध्ये प्रमुख नामहरू स्मृति इरानी, ​​राजीव चन्द्रशेखर र अनुराग ठाकुर हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .