ad ad

ग्लोबल


मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त, शपथ आइतबार

मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त, शपथ आइतबार

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार २०:३८, काठमाडौँ

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। 

शुक्रबार उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो। त्यसपछि उनले राष्ट्रपति मुर्मुसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए। 

त्यस क्रममा राष्ट्रपतिले आफूलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त गरेको मोदीले बताएका छन्। 

बीबीसी हिन्दीका अनुसार राष्ट्रपतिसँगको भेटपछि मोदीले भने, ‘राष्ट्रपतिले मलाई नवनिर्वाचित प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ र शपथ समारोह र मन्त्रिपरिषद्का सदस्यहरूको सूचीका लागि जानकारी गराउनुभएको छ।’

मोदीका अनुसार उनले भोलि आइतबार साँझ ६ बजे शपथ खाने छन् भने त्यसबेलासम्म मन्त्रीहरूको सूची राष्ट्रपतिलाई बुझाउनेछन्। 

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्। उनी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०१९ मा प्रधानमन्त्री बने। 

अहिले २०२४ मा भएको निर्वाचनमा उनको पार्टी भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्यायो अर्थात् ५४३ सदस्यीय लोकसभामा २९२ सिट जित्यो। सोही कारण उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्।

भाजपा एक्लैले भने यसपटक २४० सिट मात्र जितेको छ। यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यतिबेला भाजपा एक्लैले बहुमत सिट जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .