भारतीय प्रान्त पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी शनिबार दुर्गापुरमा हेलिकप्टर चढ्ने क्रममा सिटबाट चिप्लिएर लडेकी छन्।
प्रदेश सरकारका एक अधिकारीका अनुसार चुनावी सभालाई सम्बोधन गर्न दुर्गापुरबाट आसनसोल जाँदै गर्दा सो घटना भएको हो। तर मुख्यमन्त्री बनर्जीलाई गम्भीर चोट भने लागेको छैन।
उक्त घटना भए पनि मुख्यमन्त्री ममताले दुई छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गरिन्। तर उनले आफ्नो भाषणमा यो घटना वा आफूलाई लागेको चोटबारे केही बताइनन्।
उनी हेलिकप्टरमा चिप्लिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
हेर्नुहोस् भिडिओ-
— ANI (@ANI) April 27, 2024#WATCH | West Bengal CM Mamata Banerjee slipped and fell while taking a seat after boarding her helicopter in Durgapur, Paschim Bardhaman today. She reportedly suffered a minor injury and was helped by her security personnel. She continued with her onward travel to Asansol. pic.twitter.com/UCt3dBmpTQ
Shares

प्रतिक्रिया