दिल्लीको अरविन्द केजरीवाल सरकारका मन्त्री राजकुमार आनन्दले आफ्नो पद र आम आदमी पार्टीबाट राजीनामा दिएका छन्।
केजरीवाल सरकारमा समाजकल्याण मन्त्री रहेका आनन्दले राजीनामा दिएर भने, ‘दुःखका साथ भन्नुपरेको छ– राजनीति परिवर्तन भएन तर राजनेता परिवर्तन भए।’
‘भ्रष्टाचारविरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएको हो, तर आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको छ, यो सरकारमा काम गर्न मलाई असहज भएको छ। म यो पार्टी र सरकारको मन्त्री पदबाट राजीनामा दिँदै छु।’
मदिरा नीतिसम्बन्धी मुद्दामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल हाल तिहाड जेलमा छन्। २१ अप्रिलमा ईडीले केजरीवाललाई पक्राउ गरेको थियो।
केजरीवाल अहिले जेलबाटै दिल्लीको सरकार चलाइरहेका छन्।
— ANI (@ANI) April 10, 2024#WATCH | Delhi Social Welfare Minister Raaj Kumar Anand resigns from his post as minister and also from Aam Aadmi Party pic.twitter.com/QF52GyjhiW
Shares

प्रतिक्रिया