ad ad

ग्लोबल


जेलेन्स्की भन्छन्- पुटिन मस्को आक्रमणको दोष युक्रेनलाई दिन चाहन्छन्

जेलेन्स्की भन्छन्- पुटिन मस्को आक्रमणको दोष युक्रेनलाई दिन चाहन्छन्

नेपालखबर
चैत ११, २०८० आइतबार ९:४०, काठमाडौँ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणका लागि आफ्नो देशलाई दोष दिन चाहेको आरोप लगाएका छन्। 

शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो। रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन्।

जेलेन्स्कीले भने, ‘शुक्रबार  मस्कोमा के भयो त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य नराम्रा स्वभावका मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्।’

घटना भएको कन्सर्ट हल।

वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ दौडिरहेको बताएका थिए।

जेलेन्स्कीले रुसले सधैँ पुरानो चाल खेल्ने टिप्पणी गर्दै उसले कुनै पनि कुराको दोष जहिले युक्रेनलाई लगाउने दाबी गरे। 

उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे। यो दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .