ad ad

ग्लोबल


शेख हसिनाको लगातार चौथो जितमा अमेरिकाको टिप्पणी : चुनाव स्वतन्त्र र निष्पक्ष थिएन

शेख हसिनाको लगातार चौथो जितमा अमेरिकाको टिप्पणी : चुनाव स्वतन्त्र र निष्पक्ष थिएन

नेपालखबर
पुस २४, २०८० मंगलबार १०:२७, काठमाडौँ

अमेरिकाले बंगलादेशमा शेख हसिनालाई लगातार चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित गराउने भर्खरै सम्पन्न चुनाव स्वतन्त्र र निष्पक्ष नभएको टिप्पणी गरेको छ। 

चुनावका क्रममा भएका हिंसाको निन्दा गर्दै अमेरिकाले विपक्षीले निर्वाचन बहिष्कार गरेको र तिनका नेताहरूको गिरफ्तार भएकोप्रति चिन्ता व्यक्त गरेको छ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले सोमबार भने, ‘संयुक्त राज्य अमेरिका यो निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भनेर निर्वाचनका अन्य पर्यवेक्षकले राखेको धारणा सार्वजनिक गर्न चाहन्छ। यसमा सबै दलले भाग लिएनन् भन्नेमा हामी खेद प्रकट गर्छाैँ।’

म्याथ्यु मिलरले विज्ञप्तिमार्फत अगाडि भनेका छन्, ‘संयुक्त राज्य अमेरिका चुनावका क्रममा र पछिल्ला महिनामा (बंगलादेशमा) भएका हिंसाको निन्दा गर्दछ। हामी बंगलादेश सरकारलाई हिंसाको रिपोर्टको विश्वसनीय रूपमा अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन प्रोत्साहन गछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .