ad ad

ग्लोबल


चीनको बीआरआईबाट किन बाहिरियो इटाली?

चीनको बीआरआईबाट किन बाहिरियो इटाली?

इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १२:१४, काठमाडौँ

इटाली सरकारले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिने औपचारिक घोषणा गरेको छ। 

बीबीसीका अनुसार इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको प्रशासनले चीनलाई यो वर्षको अन्त्यअघि नै यस परियोजनाबाट बाहिरिने जानकारी दिएको छ।

हालै, संयुक्त अरब इमिरेट्समा आयोजित कोप-२८ शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मेलोनीलगायत धेरै नेताहरूलाई भेटेका थिए। 

मेलोनीले प्रधानमन्त्री मोदीसँग सेल्फी खिचेकी थिइन्, जसलाई सेयर गर्दै उनले मोदीलाई ‘असल साथी’ भनेकी थिइन्।

२०१९ मा चीनको सबैभन्दा महत्वाकांक्षी व्यापार र पूर्वाधार परियोजना बीआरआईमा हस्ताक्षर गर्ने इटाली एक मात्र प्रमुख पश्चिमी देश थियो।

त्यसबेला अमेरिका, युरोपेली संघ र पश्चिमका धेरै देशले इटालीको आलोचना गरेका थिए।

यो परियोजनामार्फत चीनले देशलाई ‘ऋणको जाल’मा फसाएर आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप अमेरिकाले लगाइरहेको छ।

बीआरआईबाट इटालीको अलग हुनुलाई भारतका लागि सकारात्मक खबरका रूपमा हेरिएको छ। भारत सधैं बीआरआईको विरोध गर्दै आएको छ। यो परियोजनामा ​​पाकिस्तान पनि संलग्न छ ।

चीन पाकिस्तान इकोनोमिक करिडोर अर्थात् सीपीईसी बीआरआईको एक हिस्सा हो। सीपीईसीअन्तर्गत धेरै निर्माण पाकिस्तान प्रशासित कश्मिरमा पनि भएका छन्। भारतले यसको विरोध गर्दै यो आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएको छ। 

चीनको बीआरआईमा भारतबाहेक दक्षिण एसियाका धेरै देश सामेल छन्। पाकिस्तान, श्रीलंका, नेपाल, बंगलादेश, माल्दिभ्सलगायत भारतका प्रायः सबै छिमेकी बीआरआईमा सामेल छन् र यसलाई भारतका लागि झट्काका रूपमा हेरिएको छ।

यस्तो अवस्थामा बीआरआईबाट इटाली अलग हुनु भारतका लागि राहत मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .