ad ad

ग्लोबल


५० इजरायली बन्धकको सट्टामा १५० प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति भएको छ : हमास

चार दिन युद्धविराम हुने
५० इजरायली बन्धकको सट्टामा १५० प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति भएको छ : हमास

हमास नेता इस्माइल हानिया


नेपालखबर
मंसिर ६, २०८० बुधबार १०:२३, काठमाडौँ

हमासले आफ्नो नियन्त्रणमा रहेका ५० इजरायली बन्धकलाई छाड्ने र बदलामा इजरायलले उसका जेलमा रहेका ५० प्यालेस्टिनी रिहा गर्ने सम्झौता भएको जनाएको छ।  

इजरायलले हमासको हिरासतमा रहेका बन्धकलाई रिहा गर्ने र त्यसका लागि आफूले चार दिन युद्धविराम गर्ने सम्झौता भएको बताएलगत्तै हमासका तर्फबाट पनि विज्ञप्ति जारी गरिएको हो। 

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्ने सम्झौता भएको छ। 

बीबीसीका अनुसार यस सम्झौताअन्तर्गत, मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौं ट्रक गाजामा प्रवेश पाउनेछन्।

हमासको विज्ञप्तिमा अगाडि भनिएको छ– इजरायलले चारदिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने वा कसैलाई पनि गिरफ्तार गर्ने छैन।

तर यो कहिलेबाट सुरु हुने भन्ने कुरा अहिलेसम्म दुवै पक्षले उल्लेख गरेका छैनन्।  

चार दिनको अस्थायी युद्धविरामको अवधिमा दक्षिणी गाजामा हवाई यातायात पूर्ण रूपमा बन्द हुनेछ र उत्तरी गाजामा प्रत्येक दिन ६ घण्टा स्थानीय समय अनुसार बिहान १०ः०० देखि बेलुका १६ः०० सम्म यो बन्द गरिनेछ।

गाजाको हवाई क्षेत्र इजरायलले नियन्त्रण गर्छ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा २ सय ४० जनालाई लगी बन्धक बनाएको इजरायली सरकारको भनाइ छ। तीमध्ये हालसम्म चारजना मात्रै बन्धक रिहा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .