ग्लोबल


तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा: सहकारीबाट किसानले लिएका ५० हजारसम्मको ऋण मिनाहा

तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा: सहकारीबाट किसानले लिएका ५० हजारसम्मको ऋण मिनाहा

तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय


नेपालखबर
जेठ १२, २०८३ मंगलबार ९:३४, काठमाडौँ

तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकहरूबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।

सोमबार मुख्यमन्त्री विजयले सहकारी बैंकहरूबाट बाली ऋण लिएका ठुला किसानले पनि ५ हजार राहत पाउने घोषणा गरेका छन्।

तमिलनाडुका मुख्यमन्त्रीले आधिकारिक एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएका हुन्। 

मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा भएको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो।

बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सन र वरिष्ठ अधिकारीहरू  उपस्थित थिए।

तमिलनाडु सरकारका अनुसार विजयको निर्णयले झन्डै १४ लाख २२ हजार किसानलाई लाभ नुहेनछ भने सरकारको थप २,०४४.४६ करोड खर्च हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad