बागमती


बागमती सरकारको नीति तथा कार्यक्रम आज ल्याइँदै

बागमती सरकारको नीति तथा कार्यक्रम आज ल्याइँदै

नेपालखबर
जेठ १२, २०८३ मंगलबार ९:४९, हेटौँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मंगलबार (आज) ल्याउने भएको छ।

त्यसका लागि आज साँझ ५ बजे प्रदेशसभाको बैठक बस्नेछ। 

बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रदेसशभाका सबै सदस्यलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेट अगाडि प्रदेशसभा बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ।

सोमबार साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।

गरिब जनतामुखी, नागरिकमैत्री र उपलब्धिमूलक नीति कार्यक्रम ल्याइने बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको भनाइ छ।

कृषि, उद्यमशीलता, दिगो विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार देखि सबै क्षेत्रलाई समेट्ने गरी नीति कार्यक्रम बनाइएको मुख्यमन्त्री बानियाँको दाबी छ।

विपक्षी दलका सुझावसमेतका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad