ग्लोबल


इरान युद्धले अर्थतन्त्र डामाडोल भएको भन्दै विश्व बैंकसँग २७ देशको हारगुहार

इरान युद्धले अर्थतन्त्र डामाडोल भएको भन्दै विश्व बैंकसँग २७ देशको हारगुहार

नेपालखबर
जेठ ९, २०८३ शनिबार २०:२३, काठमाडौँ

इरान युद्ध सुरु भएदेखि नै २७ देशले विश्व बैंकसँग आर्थिक सहयोगका लागि अपिल गरिरहेका छन्।

न्युज एजेन्सी रोयटर्सका अनुसार यो कुरा विश्व बैंकको आन्तरिक दस्तावेजबाट खुलासा भएको हो। 

विश्व बैंक

ती देशले इरान संकटले उनीहरूको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरेका छन्।

यद्यपि दस्तावेजमा सहयोग मागेका देशको नाम वा रकम उल्लेख गरिएको छैन। 

यस विषयमा अहिलेसम्म विश्व बैंकले पनि कुनै टिप्पणी गरेको छैन।

इरान युद्ध सुरु भएदेखि नै विश्वव्यापी ऊर्जा बजार अवरुद्ध भएका छन्। यसले विकासशील देशहरूलाई आपूर्ति शृंखला र आवश्यक मल आपूर्तिमा असर पारेको छ।

केन्या र इराकका अधिकारीहरूले युद्धको असर सम्बोधन गर्न विश्व बैंकबाट तत्काल आर्थिक सहयोग खोजिरहेको पुष्टि गरेका छन्।

ती २७ देश विश्व बैंकको आपत्‌कालीन वित्तपोषण सुविधाअन्तर्गत संकटको समयमा तत्काल आर्थिक सहयोगका लागि योग्य १०१ देशमध्ये पर्छन्।

यसको अर्थ यदि कुनै देशलाई युद्ध, ऊर्जा संकट, प्राकृतिक प्रकोप वा आपूर्ति शृंखला बिग्रनेजस्ता कारणले अचानक बढ्दो आर्थिक दबाब पर्‍यो भने उसले विश्व बैंकबाट द्रुत रूपमा रकम निकासाको माग गर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad