ग्लोबल


आक्रमणको धम्की दिइरहेका ट्रम्पद्वारा इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा

आक्रमणको धम्की दिइरहेका ट्रम्पद्वारा इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा

नेपालखबर
पुस २९, २०८२ मंगलबार ७:५७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्।

ट्रम्पले सोमबार राति ट्रुथसोसलमा लेख्दै इरानसँग व्यापार गरिरहेका कुनै पनि देशले अब अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने जानकारी गराएका हुन्। यो निर्णय तुरुन्तै लागु हुने उनले बताएका छन्।

उनले लेखेका छन्, ‘इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँगका सबै व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ, जुन तुरुन्तै लागु हुनेछ। यो आदेश अन्तिम हो।’

यद्यपि अहिलेसम्म ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपति कार्यालय) ले यो करसम्बन्धी कुनै आधिकारिक सूचना जारी गरेको छैन।

रोयटर्सको रिपोर्टअनुसार इरानसँग व्यापार गर्ने प्रमुख देशहरूमा चीन, संयुक्त अरब इमिरेट्स र भारत छन्। भन्सार कर लागु गर्नाले यी देशले अमेरिकासँग गर्ने व्यापारमा असर पर्न सक्छ।

ट्रम्पले भन्सार शुल्कको उक्त घोषणा इरानमा १७ दिनदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेका बेला गरेका हुन्। 

त्यसो त उनले निहत्था प्रदर्शनकारी मारिएको भन्दै इरानमा सैन्य हस्तक्षेपबारे विचार गरिरहेको पनि बताइरहेका छन्।

देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाविरुद्ध गत डिसेम्बर २८ देखि इरानमा सरकारविरुद्ध प्रदर्शन भइरहेको हो।  

यस क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप पनि भइरहेका छन्।

प्रदर्शनमा अहिलेसम्म ५९९ जनाको मृत्यु भएको इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad