ग्लोबल


एयरबस सफ्टवेयर अपडेट : विश्वभरका ६ हजार विमानमा असर पर्न सक्ने

एयरबस सफ्टवेयर अपडेट : विश्वभरका ६ हजार विमानमा असर पर्न सक्ने

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ८:२, काठमाडौँ

विमान निर्माता कम्पनी एयरबसले आफ्ना हजारौँ विमानका लागि सफ्टवेयर अपडेटको घोषणा गरेको छ। यसको कारण तीव्र सौर्य विकिरण भएको बताइएको छ, जसले उडान नियन्त्रणका लागि आवश्यक डेटालाई ध्वस्त पार्न सक्छ।

बीबीसीका अनुसार यसले विश्वभरका लगभग ६ हजार विमानलाई असर पर्ने अनुमान गरिएको छ।

अमेरिकन एयरलाइन्स, डेल्टा, एयर इन्डिया र विजलगायत विश्वभरका धेरै एयरलाइन्सले यस सफ्टवेयर अपडेटबाट आफ्ना सेवा प्रभावित भएको रिपोर्ट गरेका छन्।

लन्डनको हिथ्रो विमानस्थलले भने आफ्नो उडान सञ्चालनमा असर नपर्ने बताएको छ। ग्याटविकले केही समस्या हुने अनुमान गरेको छ।

बेलायती यातायात मन्त्री हेइडी अलेक्ज्यान्डरले बेलायती एयरलाइन्सहरूमा पर्ने प्रभाव सीमित देखिएको बताएका छन्। उनले थप जानकारीका लागि यात्रुहरूलाई आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad