ग्लोबल


सेप्टेम्बरदेखि दिल्ली-वासिङ्टन उडान बन्द गर्दै एयर इन्डिया

सेप्टेम्बरदेखि दिल्ली-वासिङ्टन उडान बन्द गर्दै एयर इन्डिया

नेपालखबर
साउन २६, २०८२ सोमबार १९:११, काठमाडौँ

एयर इन्डियाले भारतको दिल्लीबाट अमेरिकाको वासिङ्टन डीसीको उडान बन्द गर्ने निर्णय गरेको छ। यो सेवा १ सेप्टेम्बरदेखि बन्द हुनेछ।

एयर इन्डियाका २६ बोइङ ७८७-८ विमानहरू स्तरोन्नति गरिँदै छ, जसका कारण धेरै विमान लामो दूरीको उडानका लागि उपलब्ध हुने छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो काम २०२६ को अन्त्यसम्म जारी रहनेछ। साथै पाकिस्तानको हवाई क्षेत्र बन्द छ, जसका कारण लामो दूरीको उडानमा समस्या छ।

एयर इन्डियाले १ सेप्टेम्बरपछिका लागि बुकिङ गरेका यात्रुहरूलाई सम्पर्क गरिने र उनीहरूलाई अर्को उडानमा बुकिङ गर्ने वा रकम फिर्ता लिने विकल्प दिइने बताएको छ।

यद्यपि यात्रुहरू अझै पनि एयर इन्डियाको इन्टरलाइन साझेदारमार्फत न्युयोर्क, सिकागो र सान फ्रान्सिस्को हुँदै वासिङ्टन डीसी जान सक्छन्।

एयर इन्डियाले अझै पनि उत्तरी अमेरिकाका ६ सहरमा नन-स्टप उडानहरू सञ्चालन गरिरहेको छ। यसमा क्यानडाको टोरन्टो र भ्यानकुभर पनि छन्। 

जुन १२ तारिख अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा विमानमा सवार २४२ जनामध्ये २४१ जना र जमिनमा रहेका १९ जनाको मृत्यु भएको थियो। 

त्यसयता उक्त कम्पनीका विमानको जाँच र स्तरोन्नति गर्ने प्रक्रिया जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad