समाज


नापी कार्यालय कलंकीका सहयोगी अख्तियार नियन्त्रणमा

नापी कार्यालय कलंकीका सहयोगी अख्तियार नियन्त्रणमा

नेपालखबर
साउन २६, २०८२ सोमबार १९:२०, काठमाडौँ

नापी कार्यालय काठमाडौँ, कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुस रकमसहित पक्राउ गरेका छन्। चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको हो।  

अख्तियारले कलंकी नापी कार्यालयका प्रमुखको २ थान मोबाइल, सर्भेक्षकको एक थान र कार्यालय सहयोगी कुँवरले घुसवापत लिएको १३ हजार रुपैयाँका साथै उनको १ थान मोबाइल नियन्त्रणमा लिइएको जनाएको छ। 

अख्तियारले थप अनुसन्धान जारी रहेको बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad