ग्लोबल


अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग (भिडिओ)

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग (भिडिओ)

नेपालखबर
साउन ११, २०८२ आइतबार ८:१, काठमाडौँ

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकन एयरलाइन्सको उडान ३०२३ विमानको पछाडिको भागमा आगो लागेको हो।

घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २:४५ बजेको हो। मियामी जाँदै गरेको उक्त विमानको ल्यान्डिङ गियर फेल भएको हो। 

विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबैलाई आपत्‌कालीन स्लाइडमार्फत बाहिर निकालिएको थियो।

सार्वजनिक भिडिओमा बालबालिकासहित यात्रुहरू आत्तिएर स्लाइडबाट बाहिर निस्किएको देखिन्छ। 

घटनापछि उडान रद्द गरियो। 

बोइङ ७३७ म्याक्स ८ विमानको टायरमा खराबीका कारण त्यस्तो भएको एयरलाइन्सले बताएको छ।

घटनामा परी ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ।

अमेरिकाको एफएए (संघीय उड्डयन प्रशासन) र एयरलाइन्सले घटनाबारे अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad