ग्लोबल


उडिरहेको इन्डिगो विमानमा बम रहेको सूचना आएपछि आपत्‌कालीन अवतरण

उडिरहेको इन्डिगो विमानमा बम रहेको सूचना आएपछि आपत्‌कालीन अवतरण

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार २०:४७, काठमाडौँ

मंगलबार, मस्कट (ओमान) बाट दिल्ली हुँदै कोच्ची जाँदै गरेको इन्डिगोको विमानमा बमको धम्की आएपछि नागपुर विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा बम राखिएको जानकारी पाएपछि विमानलाई नागपुर डाइभर्ट गरी आपत्‌कालीन अवतरण गरिएको हो।

नागपुरका डीसीपी लोहित मतानीले सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको र विमानमा खोजी भइरहेको बताएका छन्। तर यो खबर प्रकाशन गर्दासम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad