ग्लोबल


भारतका उद्योगपति रतन टाटाको निधन

भारतका उद्योगपति रतन टाटाको निधन

उद्योगपति रतन टाटा


नेपालखबर
असोज २४, २०८१ बिहिबार ७:७, काठमाडौँ

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उद्योगपति टाटाको उपचारका क्रममा बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको हो।  

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी गराएका हुन्। 

उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरै दिग्गजले दुःख व्यक्त गरेका छन्।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। उनले ९ अक्टोबर २०२४ मा अन्तिम सास फेरे।

भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मान गरेको छ।

उनको निधनप्रति दु:ख व्यक्त गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्- रतन टाटाको निधनसँगै भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको छ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्- श्री रतन टाटा जी एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए। उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad