क्यानडाले चीनमा उत्पादित विद्युतीय सवारीसाधन (ईभी) आयातमा शतप्रतिशत भन्सार लगाएको छ।
यो अमेरिका र युरोपेली संघले लगाएको शुल्कजस्तै हो।
बीबीसीका अनुसार क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ।
क्यानडा र यसका पश्चिमी सहयोगीले चीनले आफ्नो ईभी उद्योगलाई सब्सिडी दिँदै कार निर्माताहरूलाई अनुचित फाइदा दिएको आरोप लगाएका छन्।
चीनले भने क्यानडाको उक्त कदमलाई विश्व व्यापार संगठनको नियमको उल्लंघन भनेको छ।
147
Shares
प्रतिक्रिया